नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने

काठमाडौं । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले आइतबार (भोली) मात्रै पदभार ग्रहण गर्ने भएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार शुक्रबार चाँडै सपथग्रहणको कार्यक्रम सकाएर गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भए पनि ढिलो गरेर मात्रै सपथग्रहण कार्यक्रम भएपछि शुक्रबार पदभारग्रहण हुन नसकेको हो ।
शुक्रबार राति पदभारग्रहण लगत्तै प्रधानमन्त्री कार्की आफ्नै निजी निवासमा गएकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेनजी आन्दोलनकारीले क्षति पुर्याएकाे कारण सरकारी निवास नगएर आफ्नै निजी निवासमा बसिरहेकी हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा उनले यस्तो निर्णय गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री नियुक्त भए लगत्तै यसअघिको सहमतिअनुसार कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् । यस्तै, प्रतिनिधिसभा विघटनसँगै आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन पनि घोषणा भएको छ ।
राष्ट्रपति कार्यालयको सुशीला कार्कीलाई यस अघि प्रधानमन्त्री नियुक्त गरेको थियो ।