नेपाली सेनामा नाम निकाल्न सफल ३७ जनालाई बुटवल कम्प्युटर इन्स्टिच्युटद्वारा सम्मान
बुटवल । रुपन्देहीमै अब्बल मानिएको बुटवल कम्प्युटर इष्टिच्युटले नेपाली सेनाको सेवा प्रवेशको लिखित परिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । ईष्टिच्युटले शनिबार एक कार्यक्रम आयोजना गरि एकैपटकमा उत्तिर्ण हुन सफल ३७ जना विद्यार्थीहरुलाई खादा, मालाद्धारा सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै ईष्टिच्युटका सञ्चालक दिपक केसीले आफ्नो अथक प्रयास, शिक्षकहरूको लगानी र विद्यार्थीहरूको मेहनत र लगावबाट मात्र सफल भएकोमा सफल हुने विद्यार्थीहरु, प्रशिक्षकहरुलाई बधाई तथा शुभकामना दिनुभयो ।
सो कार्यक्रममा प्रशिक्षक संयोजक एवं अंग्रेजी विभागका प्रमुख अंकित गिरीले आफूहरूको मेहनत र विद्यार्थीहरूको लगावले धेरै विद्यार्थी सफल भएकोमा गर्व लागेको अनुभूति भएको र सफल विद्यार्थीहरुलाई सैन्य क्षेत्रको उच्च नेतृत्वमा पुगेको देख्न चाहेको भन्दै शुभकामना दिनुभयो ।
कार्यक्रममा प्रशिक्षक पुरुषोत्तम ज्ञवाली, पूर्व नेपाली सैनिक केशव खड्का, प्रशिक्षकहरू सुनिल नेपाली, देव न्यौपाने लगायतले बोल्दै शिक्षकहरूको सिकाई, ईष्टिच्युट सञ्चालकको अथक प्रयास र विद्यार्थीहरुको मेहनतले उक्त नतिजा प्राप्त भएकोमा गर्व गर्दै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।
उक्त ईष्टिच्युटले सैन्य तयारी कक्षासँगै प्रहरी तयारी कक्षा, लोकसेवा, शिक्षक सेवा, कम्प्युटर, विभिन्न विषयमा ट्युसन कक्षाहरू लगायत विभिन्न सेवा सञ्चालन गर्दै आएको छ । सैन्य सेवामा जस्तै प्रहरी तयारी कक्षा, लोकसेवा, शिक्षक सेवा, कम्प्युटर कक्षा, ट्युसन कक्षा लगायतका क्षेत्रमा पनि उत्कृष्ट हुँदै आइरहेको छ ।











