रुपन्देहीका विद्यालय भोलिबाट संचालनमा आउने


रुपन्देहीका विद्यालय भोलिबाट संचालनमा आउने
सांकेतिक तस्बिर
रुपन्देहीका विद्यालय भोलिबाट संचालनमा आउने

बुटवल । जनजीवन सामान्य हुँदै गएपछि रुपन्देहीका विद्यालय आइतबार (भोलि) बाट नियमित रुपमा संचालनमा आउने भएका छन् । जेन जी को आन्दोलनका कारण बन्द भएका विद्यालयहरु आन्दोलन सामान्य हुँदै गए पछिबाट संचालनमा आउन लागेका हुन् । 

शनिवार प्याबस रुपन्देहीका अध्यक्ष दिपक खनाल, नेशनल प्याबस रुपन्देही अध्यक्ष बाबुराम बन्जाडे र हिसानका अध्यक्ष कृष्णबहादुर न्यौपानले संयुक्त रुपमा विज्ञप्ति जारी गरी विद्यालय संचालन हुने बताएका हुन् ।