नेपाली क्रिकेट टोली क्यानडा जाँदै ।
काठमाण्डौं । त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली मंगलबार राती साढे २ बजे क्यानडा जाँदै छ । सेप्टेम्बर २८ देखी अक्टोबर ३ सम्म नेपाल, क्यानडा र ओमनबिच हुने टि २० आई सिरिज त्रिकोणात्मक खेलका लागि नेपाली टोली त्यसतर्फ जान लागेको हो ।
मंगलबार बिहान नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रम गरी १४ खेलाडीलाई बिदाइ गरेको छ । नेपालका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरी भने डेढ महिनादेखि क्यानडामा रहेर अभ्यास गरिरहेका छन् ।
क्यानडामा रहेर नेपाली टोलीले अन्य अभ्यास खेलहरु पनि खेल्ने क्यानका सचिव पारस खड्काले बिदाइ कार्यक्रममा जानकारी दिए ।











