जनसेवा क्लबकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ।


जनसेवा क्लबकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ।

बुटवल । सृजनानगर जनसेवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीको सहयोगमा बुटवल–११, सृजनानगर खानेपानीको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा ६२ पोईन्ट संकलन भएको छ ।

क्लबका अध्यक्ष सुर्य बहादुर रेगामीको अध्यक्षतामा भएको कार्यक्रममा भर्चुअल माध्यमबाट बुटवल–११ का जनप्रिय व्यक्तित्व वडा सदस्य श्री नकुल शाही ठकुरीज्यूले प्रमुख अतिथिको रुपमा सहभागीता जनाउदै कार्यक्रमको सफलताको शुभकामना तथा रक्तदाताहरुलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा बोल्दै अतिथिहरु नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देही शाखाका अध्यक्ष कृष्ण चौहान, सोही वडाका विशिष्ट व्यक्तित्वहरु समाजसेवी अरुण खनाल, कर्ण बहादुर फाल, जनक बहादुर बक्दास ज्यूले उत्साहजनक रुपमा सहभागी भई रक्तदान गर्नुहुने सम्पूर्ण दाताहरुलाई धन्यवादका साथै सबै व्यक्तिले हरेक ३ महिनामा नियमित रक्तदान गर्नुपर्ने कुरामा जोड दिनुभयो । 

क्लबका अध्यक्ष रेगामीले रक्तदान गर्नुहुने सबैको मुक्तकण्ठले प्रशंसा गदै क्लबबाट यस्तै सामाजिक कार्यक्रम निरन्तर रुपमा गर्दै जाने विश्वास व्यक्त गर्नुभएको छ ।