लायन्स क्लब अफ बुटवल तिनाउको छैठौं स्थापना दिवस सम्पन्न ।
लायन्स क्लब अफ बुटवल तिनाउले आफ्नो छैठौं स्थापना दिवस भव्य रुपमा सम्पन्न गरेको छ । बुधबार होटल एभिन्यू, बुटवलमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस तथा अवार्ड सेरेमोनी सम्पन्न गरिएको क्लबका सचिव लायन सुमन घिमिरेले बताउनुभयो ।
क्लवका वर्ष २०२५/२६ का अध्यक्ष लायन अनन्त न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालका हालका गर्भनर MJF लायन बालाराम भट्टराई, विशिष्ट अतिथिहरु पुर्व गर्भनरहरु PMJF लायन अर्जुनमान सैंजु, PMJF लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग तथा अतिथिहरु लायन्स क्लब अफ बुटवल तिनाउको मातृ क्लब लायन्स क्लब अफ बुटवल चौतारीका क्लबका पदाधिकारी, एरिया, जोन, रिजन अन्तर्गतका व्यक्तित्वहरु, अन्य क्लब तथा संघसंस्थाका पदाधिकारीहरु, जनप्रतिनिधीहरु, क्लबका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सन् २०२० को कोभिड महामारीकै बेलामा पनि निकै संघर्षका बाबजुद स्थापना भएको यो क्लब अहिलेको अवस्थासम्म आईपुग्न आ–आफ्नो क्षेत्रबाट योगदान दिनुहुने पुर्वअध्यक्ष, सदस्यहरु तथा डिष्ट्रिक अन्तर्गतका व्यक्तित्वहरुलाई उक्त कार्यक्रममा सम्मान गरिएको थियो । क्लबका संस्थापक अध्यक्ष लायन चिरञ्जिवी अधिकारीले निकै कष्टकर समयमा क्लब स्थापना भएको र स्थापनाको छैठौं वर्षमै डिष्ट्रिकमा आफ्नो छुट्टै छवि निर्माण गर्न सफल क्लब भएको व्यक्त गर्दै क्लबलाई योगदान दिने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
साथै डिष्ट्रिक गर्भनरले क्लबका सदस्यहरुलाई पिनद्धारा सम्मान व्यक्त गर्नुभएको थियो । यसले लायन्स क्लबप्रति आत्मियता बढेको र सामाजिक तथा मानवीय सेवाका थप कामहरु गर्न उर्जा मिलेको क्लबका सदस्यहरुले बताएका छन् ।
सोहि कार्यक्रममा लियो क्लब पनि चार्टर गरिएको छ । लियो विवेक पौडेलको अध्यक्षतामा २० सदस्यीय लियो क्लब अफ बुटवल तिनाउ स्थापना भएको हो ।
क्लबका अध्यक्ष लायन अनन्त न्यौपानेले आफ्नो कार्यकालमा क्लबलाई नयाँ उचाईमा पुर्याउने लक्ष्य रहेको र सोहिअनुसार आफु लागेको बताउदै उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
सो कार्यक्रमलाई क्लबका उपाध्यक्ष लायन नारायण बस्यालले संचालन गर्नुभएको थियो ।











