एमालेको पार्टी कार्यालय बुटवलमा आन्दाेलनकारीद्वारा आगजनी

बुटवल । बुटवलको सुख्खानगरस्थित नेकपा (एमाले) लुम्बिनी प्रदेश पार्टी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका छन् ।
मंगलबार उग्र बनेका प्रदर्शनकारीहरूको समूहले पार्टी कार्यालयमा प्रवेश गरी सामान तोडफोड गर्नुका साथै आगो लगाएको स्थानीयहरूले बताएका छन् ।
सुरक्षा निकायले अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेको भए पनि त्यहाँको परिस्थिती केही समय तनावग्रस्त बनेको छ ।