भाटभटेनीबाट आइसक्रिम चाेर्ने कालिका मानवज्ञान स्कुलका शिक्षककाे जागिर गयो ।


भाटभटेनीबाट आइसक्रिम चाेर्ने कालिका मानवज्ञान स्कुलका शिक्षककाे जागिर गयो ।
रुपन्देही । जेनजी आन्दोलनको नाममा बुटवलको भाटभटेनी सुपर मार्केटमा आइसक्रिम चोरी गरेको प्रमाण सार्वजनिक भएपछि कालिका मानवज्ञान स्कुलले शिक्षक शिवशंकर शुक्लालाई कारबाही गरी निष्कासन गरेको छ।
विद्यालयका प्राचार्य दिनेश थापाले भदौ २४ गते जेनजी प्रदर्शनमा संलग्न शुक्लाले आफ्नै विद्यालयको आचरण संहिता र नियम विपरीत कार्य गरेको ठहर गरी आजैदेखि निष्कासन गरिएको जानकारी दिएका छन्। उनले भने, “शिक्षकले स्कुलको नियम विपरीत व्यवहार देखाएका कारण कारबाही अपरिहार्य भएको हो।”
शुक्रवार मात्रै शिक्षक शुक्लाको चोरीमा संलग्न भएको फोटो सार्वजनिक भएको थियो, जसले विद्यालय प्रशासनलाई तत्काल निर्णय लिन बाध्य बनाएको थियो।