जाडाे बढेसँगै रुपन्देहीका सामुदायिक तथा संस्थागत विद्यालय बन्द
रुपन्देही। अत्याधिक हुस्सु र शितलहर बढेपछि रुपन्देही जिल्लाकाे बुटवल उपमहानगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालय ३ दिनका लागि बन्द हुने भएका छन् ।
बुधबार बुटवल उपमहानगरपालिकाले नगरप्रमुख खेलराज पाण्डेद्वारा हस्ताक्षरित एक सुचना जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेकाे हाे ।
जारी सुचनामा भनिएकाे छ, केहि दिन देखि बाक्लो हुस्सु र शीतलहरसँगै अत्यधिक चिसो बढेकाले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै वार्षिक विदाबाट कट्टी हुनेगरी मिति २०८२ पौष ११, १३ र १४ गते सम्म ३ दिन विद्यालय बन्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।
यसैगरी रुपन्देहीकै तिलाेत्तमा नगरपालिकाले पनि जाडाेकै कारण पुष ११ गते १ दिनका लागी विद्यालय बन्द गर्ने निर्णय गरेकाे छ ।
तराइका अधिकांश स्थानमा केही दिनयता अत्याधिक चिसाे बढेसँगै जनजिवन कष्टकर बन्दै गइरहेकाे छ । तराइ क्षेत्रमा अझै केहिदिन हुस्सु रहिरहने तर पहाडी र हिमाली क्षेत्रमा मुख्यतया माैसम सफा रहने माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।











