त्रिभुवन विश्वविद्यालयकाे ५१औं दीक्षान्त समारोह दशरथ रंगशालामा सम्पन्न
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले आज दशरथ रंगशालामा ५१ औं दीक्षान्त समारोह सम्पन्न गरेको छ। दीक्षान्त समारोहमा सात वटा प्रदेशका करिब ८९ हजार विद्यार्थी सहभागी भएका थिए। जसमा २५ विद्यार्थीले पदक पाए ।
दीक्षित भएका विद्यार्थीहरुले देशमै सेवा गर्न चाहेकाे र राज्यले अवसर सिर्जना गर्नुपर्ने र श्रमको उचित मूल्य दिनुपर्ने मत राखेका छन ।
यस समारोहको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले गर्नुभएकाे थियाे भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सहकुलपति महावीर पुन विशेष अतिथि र उपकुलपति प्रा.डा. दीपक आर्यालको विशेष आतिथ्यता रहेको थियो ।
आजको दीक्षान्त समारोहका प्रमुख अतिथिकाे रुपमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताले सम्बोधन गर्नु भएको थियाे।
उहाँले २०१५ मा Physics मा नोबेल पुरस्कार पाउनु भएको थियो। दीक्षान्त समारोहमा नोबेल पुरस्कार विजेताद्वारा प्रमुख अतिथिकाे रुपमा सहभागी भएकाे याे समाराेह नेपाली इतिहासमै पहिलाे घटना हाे ।
दीक्षान्त समारोहमा राजनीतिक भाषण गर्ने भन्दा पनि यस्तै प्राज्ञिक र बौद्दिक व्यक्तिलाई ठाउँ दिनुपर्छ भन्ने भाव आजको दिक्षान्त समारोहले दिएको छ ।











