काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ ।
कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् ।
नेपालले सुपर सिक्स सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ ।