२०२६ मा पनि नेपाल टेस्ट राष्ट्रसँग सिरिज नखेल्ने


२०२६ मा पनि नेपाल टेस्ट राष्ट्रसँग सिरिज नखेल्ने

काठमाडाैं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले २०२६ मा ठूला टेष्ट राष्ट्रसँग कुनै क्रिकेट सिरिज नखेल्ने भएको छ ।

नेपाल क्रिकेटसँग क्यानले शनिबार सार्वजनिक गरेको सन् २०२६ को क्यालेण्डरमा ठूला टोलीसँग टि२० वा ओडीआई कुनै पनि सिरिज हुने उल्लेख गरिएको छैन् ।

यसले उत्साहका साथ क्यालेण्डरको प्रतिक्षा गरिरहेका दर्शकलाई निराश बनाएको छ । यो वर्ष पनि यूएई,ओमान लगायतका एसोसियट राष्ट्रसँग भने नेपाल द्धिपक्षीय र त्रीपक्षीय सिरिज खेल्ने छ ।

क्यानले अन्य टेष्ट राष्ट्रसँग सहमति भएको खण्डमा जुनसुकै बेला पनि सिरिजको घोषणा गर्न सक्छ ।