बालेन सरकारमा दुइ मन्त्री नियुक्त, आजै लिए शपथ


बालेन सरकारमा दुइ मन्त्री नियुक्त, आजै लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दुई नयाँ मन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार दीपक साहलाई बर्खास्त गरिएपछि खाली रहेको श्रममन्त्रीमा रामजी यादवलाई नियुक्त गरिएको छ ।

त्यस्तै सुरुदेखि नै प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवार भने गौरी कुमारी यादवलाई दिइएको छ । 

रामजी सप्तरी- २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने गौरी महोत्तरी- ४ बाट निर्वाचित भएकी हुन् । 

 नवनियुक्त दुई मन्त्रीहरूले आजै शपथ लिएका छन् । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री पदको शपथ खुवाएका हुन् ।