काँग्रेस विशेष महाधिवेशन सुरु, महामन्त्रीद्वय थापा र शर्माले गरे उद्घाटन
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंको भृकुटिमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका हुन ।
विशेष महाधिवशेनमा कांग्रेस पूर्वउपसभापति गोपालमान श्रेष्ठ, डिला सङ्ग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, चन्द्र भण्डारी, केदार कार्कीसहितका नेताहरु सहभागी भएका छन् ।
उद्घाटनसत्रमा सहभागी हुन पार्टी नेतृत्वलाई आमन्त्रण गरेपनि उनीहरु भने उपस्थीत भएनन् । विशेष महाधिवेशन अन्तर्गत बन्द सत्रमा पार्टीका आन्तरिक लगाएतका बिषयमा छलफल गर्ने र आवश्यक निर्णय हुने नेताहरुले जनाएका छन् ।











