राष्ट्रपतिद्धारा थप ३ वटा अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्धारा आज थप ३ वटा अध्यादेश जारी भएको छ ।
राष्ट्रपति कार्यालयद्धारा आज जारी विज्ञप्तिमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३ जारी भएको उल्लेख गरिएको छ ।
आज केही कानुनविद् र राष्ट्रपतिबिच शितलनिवासमा छलफल चलेको थियो । सरकारले अन्य केही अध्यादेश पनि जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
सिफारिस गरेका मध्ये बैशाख १७ गते सहकारी ९पहिलो संशोधन० अध्यादेश–२०८३, सार्वजनिक खरिद ९दोस्रो संशोधन० अध्यादेश–२०८३, बैशाख १८ गते सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण ९तेस्रो संशोधन० अध्यादेश–२०८३ जारी भईसकेका छन् ।
बाँकी अध्यादेशबारे भने राष्ट्रपति पौडेलले अध्ययन गरिरहेका छन् ।











