श्रम संस्कृति पार्टीका उपाध्यक्ष परियार कारबाहीमा
काठमाडाै । श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा मित्र परियार कारवाहीमा परेका छन् । आज बुटवलमा आयाेजित आमसभामा आयाेजक तथा सह-संयोजकप्रति अपमानजन्य बाेली बोलेकाे आराेपमा उनलाई कारवाही गरेकाे पार्टीका अध्यक्ष हर्क साम्पाङले जनाएका छन् ।
सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै उनलाई आचार संहिता उलंघन गरेकाे र नसच्चिँदासम्मका लागी कारवाही गरेकाे भनेर पाेष्ट गरेका छन् ।
उद्घोषकले सम्बोधनका लागि आग्रह गरे बोल्न पुगेका परियारले आयोजकको व्यवहार ठीक नभएको भन्दै खनिएका थिए ।` कार्यक्रम आयोजकहरूले अलिकति मिस्टेक गर्नुभएको छ,´परियारले भनेका थिए, `ध्यान यता मन यता हुन सक्दैन । म केन्द्रीय उपाध्यक्ष हो । म पनि बोल्न पाउनुपर्छ । ध्यान अन्त मोड्न हुँदैन ।´
अध्यक्ष साम्पाङले यसअघि पनि पार्टीका अर्का उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका कारण कारबाही गरेका थिए ।











