संसद बैठक बिहान ११ बजे, बजेट प्राथमिकतामाथि बहस हुने


संसद बैठक बिहान ११ बजे, बजेट प्राथमिकतामाथि बहस हुने

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत बैठक म‌गलबार बिहान ११ बजे बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ।

यसैगरी, आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफललाई निरन्तरता दिइने र छलफलमा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यक्रम तय गरिएको संसद सचिवालयले जनाएको छ।

प्रतिनिधि सभाको बैठकमा सरकारको आगामी बजेट तथा नीति प्राथमिकताबारे व्यापक छलफल हुने अपेक्षा गरिएको छ।