रामपुर मा.वि. बुडर डोटीमा विद्यालय व्यवस्थापन समिति गठन


रामपुर मा.वि.   बुडर डोटीमा  विद्यालय व्यवस्थापन समिति गठन

डाेटी । डोटी जिल्लाको जोरायल गाउँपालिका अन्तर्गत रामपुर मा. वि. बुडर विद्यालयमा आज सम्पन्न अभिभावक तथा सरोकारवालाहरूको भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भएकाे छ।

भेलाले रुद्र ऐरलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गर्दै सात सदस्यीय समिति गठन गरेको हो। नवगठित समितिले विद्यालयको शैक्षिक, प्रशासनिक तथा भौतिक विकासलाई प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा उपस्थित वक्ताहरूले विद्यालयको समग्र सुधार, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा अभिभावक-विद्यालयकाे सम्बन्धलाई थप सुदृढ बनाउन व्यवस्थापन समितिको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरेका थिए।

नवनिर्वाचित अध्यक्ष रुद्र ऐरले विद्यालयको हितलाई केन्द्रमा राखेर जिम्मेवारीपूर्ण ढंगले कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उक्त कार्यक्रममा अभिभावक, शिक्षक, बुद्धिजीवी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनिय उपस्थिति रहेको थियो।