पाल्पामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ


पाल्पामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

पाल्पा । पाल्पामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका–४, खोप्टारमा बसोबास गर्दै आएका नवलपरासी (पूर्व) बौदीकाली गाउँपालिका–३, नयाँछाप घर भएका २२ वर्षीय आकाश पुलामी मगर रहेका छन्।

प्रहरीका अनुसार पीडित बालिकामाथि जबरजस्ती करणी भएको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले शनिबार राति उनलाई पक्राउ गरेको हो।

घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।