अब लाईसेन्स नविकरणमा फोटोसहितको रसिद आउने
काठमाडाै । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको आज बसेको बैठकले कर तिरेको रसिदमै क्यूआरकोड र फोटो छाप्ने निर्णय गरेको छ । सवारी चालक अनुमतिपत्र लाईसेन्सको छपाई ढिला भएकाले संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ अनुसार डाकेको विषयगत समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
लाइसेन्स छपाइमा भएको ढिलाइलाई ध्यानमा राखेर प्रदेशहरुले नै लाइसेन्स छाप्न तयारी थाल्ने र लाइसेन्स जारी गर्दा वा नवीकरण गर्दा उपलब्ध गराइने राजस्व तिरेको रसिदमै क्युआर कोड र लाइसेन्सबाहकको फोटो राख्ने निर्णय गरेको यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए ।
उनका अनुसार यो निर्णय प्रदेशका यातायात कार्यालयहरुले आफ्नो अनुकुलतामा क्रमश कार्यान्वयन गर्नेछन् ।











