लायन्स क्लब अफ बुटवल तिनाउद्धारा निःशुल्क सुगर परिक्षण कार्यक्रम सम्पन्न ।
बुटवल । लायन्स क्लब अफ बुटवल तिनाउको आयोजनामा लायन्स क्लबका जन्मदाता मेल्भिन जोनको १४६औं जन्मोत्सवको अवसरमा निःशुल्क सुगर परिक्षण कार्यक्रम सम्पन्न भएको छ । गत शनिबार बुटवल ११, बुद्धनगर स्थित संयोग फार्मेसीको प्राङ्गणमा भएको उक्त कार्यक्रममा ४३८ जनाको सुगर परिक्षण गरिएको कार्यक्रमका संयोजक IPP लायन अरुण खनालले जानकारी दिनुभयो ।
यसै कार्यक्रम विशेष छुटमा अन्य चेकजाँच पनि गरिएको थियो । लायन्स क्लब अफ बुटवल तिनाउको आयोजना तथा संयोग फार्मेसी र रिलायबल डायग्नोष्टिक प्याथोलोजी बुटवल प्रा.लि.को सहयोगमा उक्त कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा डिष्ट्रिक ३२५पि का द्धितिय उपाध्यक्ष लायन सन्दिप कसौधन प्रमुख अतिथि, यसै क्लबका चार्टर प्रेसिडेन्ट तथा रिजन चियरपर्सन लायन चिरञ्जिवी अधिकारी विशिष्ट अतिथिको रुपमा आ–आफ्नो धारण व्यक्त गर्नुभएको थियो । कार्यक्रमका संयोजक IPP लायन अरुण खनालको स्वागत मन्तव्य र क्लबका सचिव लायन ओमप्रकाश बस्याल ज्युको संचालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
एक सातासम्म चल्ने मेल्भिन जोन सेवा सप्ताहमा विभिन्न सामाजिक सेवाका कामहरु संचालन भईरहेका छन् । यसै अभियानका क्रममा स्विटर वितरण कार्यक्रम, न्यानो कपडा वितरण तथा ह्विल चियर वितरण कार्यक्रम, क्रिकेट सामाग्री वितरण कार्यक्रम सम्पन्न भईसकेका छन् भने वातावरण सरसफाई कार्यक्रम, हस्तलेखन तालिम कार्यक्रम र आँखाजाँच शिविर सम्पन्न हुने क्रममा रहेको क्लबका अध्यक्ष लायन कृष्ण पुन ज्युले जानकारी दिनुभयो ।
यसै कार्यक्रममा बोल्दै अध्यक्ष पुनले सहभागी हुनुभएका सम्पूर्ण महानुभावलाई विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।











