निरन्तर युवा समूहद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

उमेश पुन मगर, रोल्पा।तीज कार्यक्रममा सबैको सहभागिता मिलीजुली सफल बनाउने हाम्रो प्रतिबद्धता, सहित निरन्तर युवा समूह परिवर्तन गाउँपालिका-६, ओहले हिन्दु नारीहरूको महान् चाड हरितालिका तीज एक भव्य कार्यक्रमको साथ मंगलबार सम्पन्न गरेको छ।
ओह टोल विकास संस्थाका अध्यक्ष गोमान सिङ बुढामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि परिवर्तन गाउँपालिका निवर्तमान उपाध्यक्ष हितकुमारी बुढामगर, विशिष्ट अतिथि पूर्व सहायक मन्त्री भीमकुमारी बुढामगर रहनु भएको थियो। अन्य अतिथिहरूमा परिवर्तन-६ का वडा सदस्य अर्जुन बुढा मगर, परिवर्तन-६ का महिला वडा सदस्य ओमसरा बुढा मगर, नेपाल मुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा ने.क.पा. (माओवादी) केन्द्र परिवर्तन गाउँपालिका सचिव कर्ण बहादुर बुढामगर, ने.क.पा. एमाले रोल्पा जिल्ला सदस्य भूमिका राणा, ने.का. परिवर्तन-६ सभापति वीर बहादुर घर्ती, ने.क.पा (माओवादी) केन्द्र परिवर्तन-६ अध्यक्ष रबिन कुमार बुढामगर, परिवर्तन गाउँपालिका सब इन्जिनियर मोहन घर्ती मगर, श्री नेपाल राष्ट्रिय मा.वि., कोल्बोट नाफेका शिक्षकहरू गमबहादुर डाँगी, उमेश पुन मगर, दीपेन्द्र डाँगी, लेखापाल भरत पुन मगर, दिव्य ज्योति प्रा.वि. ओहका शिक्षिका कमला श्रेष्ठ लगायत हुनुहुन्थ्यो।
प्रमुख अतिथि हितकुमारी बुढाले शुभकामना मन्तव्य राख्दै परम्परागत पर्व तीजलाई हामी सबैले निरन्तरता दिनु पर्दछ भन्ने मान्यता हो, त्यो हुँदाहुँदै हाम्रो देश नेपालमा विभिन्न रूपमा विकास भएको विकाससँगै विकृति पनि निम्त्याएको छ, भन्नूभयो। तीजको नाममा गरिने विकृतिहरू सहर बजारमा तीज मनाउने कार्यक्रम पाटी प्यालेसमा मनाइन्छ, दरखाने कार्यक्रममा मदिरा सेवन गरेर सारी लतार्दै हिड्ने दिदीबहिनीहरू पनि देखिन्छ तर तीज भनेको त्यो होइन परम्परा देखि मनाइँदै आएको तीज कामकाज सकेर माइतीहरूले दिदीबहिनी भेट्न आउने माइत बोलाएर मीठो मीठो खाने कुरा खुवाउने कार्यक्रमको रूपमा स्थापित गरिएको कुरा राख्दै सम्पूर्ण दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गर्नुभएको थियो।
विशिष्ट अतिथि भीमकुमारी बुढा मगर अतिथिहरू कर्ण बहादुर बुढा मगर भूमिका राणा, वीर बहादुर घर्ती, रबिनकुमार बुढामगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
आमा समूह र किशोरी समूहले तीज विशेष नाच प्रतियोगिताको आयोजना गरेका थिए। आमा समूहले आयोजना गरेको नाच प्रतियोगितामा समाज प्रगतिशील आमा समूह थानेकोट प्रथम, सुनौलो आमा समूह तल्लो ओह द्वितीय, नवबिहानी आमा समूह नाफे तृतीय र लाली गुराश आमा समूह माथिल्लो ओह सान्त्वना भएका थिए।
त्यस्तै किशोरी समूहले आयोजना गरेको नाच प्रतियोगितामा आयोजक प्रथम, समाज रूपान्तरण युवा समूह थानेकोट द्वितिय, शान्ति जागरण युवा समूह महिबाङ तृतीय र नौलोरुप बालबालिका समूह साहुडेरा ओह सान्त्वना भएका थिए।
प्रतियोगितामा विभिन्न स्थान हासिल गर्ने समूह लाई नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको थियो। भव्य र सभ्य रूपमा समापन भएको कार्यक्रमको स्वागत मन्तव्य आयोजक निरन्तर युवा समूहका सदस्य चन्द्रकला चन्दले दिनु भएको थियो भने कार्यक्रमको कुशलता पूर्वक सञ्चालन पत्रकार सुर्य प्रकाश बुढा मगरले गर्नुभएको थियो।