सहिद मनखर्क फाउन्डेशन घोराही दाङको प्रथम वार्षिकोत्सव सम्पन्न ।
घोराही । सहिद मनखर्क फाउन्डेशन घोराही दाङको प्रथम वार्षिकोत्सव बुधबार घोराही–१३ डुमरगाउँमा सम्पन्न भएको छ ।
सहिद खर्कबहादुर पुनकी पत्नी गौसरी पुनको अध्यक्षता एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य भीमकुमारी बुढा मगर (निशाना) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वैदेशिक रोजगारीमा कमाएको पैसाबाट सहिदहरुको सम्मान गरेको भन्दै वक्ताहरुले फाउण्डेशन स्थापना गर्नुहुने अमरदास पुन र मनिषाा पुनकाे प्रशंसा गरे । ‘आफ्नो बलबुताले कमाएको पैसाबाट दाइहरुको सम्झना गर्नुभयो’–प्रमुख अतिथि माओवादीका केन्द्रीय सदस्य निशानाले भन्नुभयो– ‘पार्टी नबिग्रिनका लागि चुनौती पनि दिइराख्नुहोला ।’
आफ्नै जेठा दाजु खर्कबहादुर पुन २०५८ मंसिर २५ गते, माइला खर्क सिंह पुन २०६१ वैशाख ३० गते र साइँला २०५१ मंसिर ९ गते रोल्पा चप्कामा प्रहरीको राइफल खोस्ने साहसिक लडाईंमा परी सहिद हुनुभएको थियो । उहाँहरुको सम्झनामा कान्छो भाइ अमरदास पुन र श्रीमती मनिषाले गत वर्ष घोराही–१३ स्थित घरमै सहिद मनखर्क फाउन्डेसन स्थापना गर्नुभएको थियो । अबका दिनमा देशैभरका जनयुद्धका सहिद परिवारलाई भेट्ने, उनीहरुको विवरण संकलन गर्ने र प्रकाशन प्रसारण गर्ने काम थालेको बताउनुभयाे ।
सो अवसरमा सहिद परिवारलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । सहिद ज्ञानबहादुर विकको परिवार दानबहादुर विक, सहिद कर्णबहादुर पुन (पुनित) का परिवार निर्मला पनु, रामपुरा घर्तीका बुवा केशे घर्ती, बहादुर घर्तीका परिवार जयकुमारी घर्ती, अमर पुन (अनुपम)का परिवार मनिता पुन, विशाल घर्तीका परिवार मनकुमारी घर्ती, धनप्रसाद श्रेष्ठ (गर्जन)को परिवार जोखी श्रेष्ठ, हर्कबहादुर बुढाका परिवार राधा बुढा, सहिदहरु हरि रोका र श्यामु रोकाको परिवार जालकुमारी रोका, सहिद भीमकुमारी घर्ती सविनाका परिवार निसा घर्ती, भीमबहादुर मगर (गजल) का छोरा संगीत, रोशन विकका आमा सावित्री बिक, देवीलाल पुनको परिवार यमुना पुन, खड्कबहादुर पुन (प्रतिभा)को छोरी आरती पुन, पहलबहादुर बुढा (विभूति) का भाई जगतबहादुर बुढा, नेपबहादुर केसी परिवर्तनका छोरा भुवन केसी, प्रेमबहादुर रोका मगर (तुफान)का छोरा दीपक रोका मगर, मनराज डाँगीकी श्रीमति भुजमाली डाँगी दिनेश सिर्पाइली (अशोक)का भाइ प्रताप सिर्पाइली, आस्था चौधरी र अर्जुन चौधरी (क्षितिज) का दाइ खिमबहादुर चौधरी (अटल), निराजन चौधरी (संकेत) का परिवार बसन्त, खिमबहादुर पुन (झलकमान) बिमला पुन (चेतना), लक्ष्मी पुन (सदीक्षा) का परिवार रेमन्ता पनु, जनयुद्धका प्रथम महिला सहिद धनमाया श्रेष्ठका श्रीमान विशेष जिल्लाका पूर्वजनसरकार उपप्रमुख मनप्रसाद श्रेष्ठलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरिएको थियो ।
यसैगरी स्वतन्त्र पत्रकार डिल्लीराज घिमिरे (डिआरजी), नयाँ युगवोध राष्ट्रिय दैनिका गोविन्द खड्का, मगरात मिडिया प्रालिका सञ्चालक तथा साहित्यकार मालबहादुर बुढा (महेश आरोही) र साहित्यकार नवीन विभासलगायतलाई दोसल्ला, नगद र सम्मानपत्रले पुरस्कृत गरिएको थियो । कार्यक्रमका विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा घोराही नगर इञ्चार्ज तुलसी डाँगी (मिलन), अतिथिहरु नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य पुनम शेपाईली, नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य, विशेष जिल्ला जनसरकारका पुर्वउपप्रमुख मनप्रसाद श्रेष्ठ, साहित्यकार महेश आरोही, स्वतन्त्र पत्रकार डिल्लीराज घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा लक्ष्मी कँडेलले गजल वाचन गर्नुभएको थियो । स्वागत फाउन्डेसनका कोषाध्यक्ष मनिषा पुनले र सञ्चालन फाउन्डेशनका अध्यक्ष अमरदास पुनले गर्नुभएको थियो ।











