पिएसएम नेपालकाे दाेस्राे वार्षिक बैठक जगदीशपुर ताल क्षेत्रमा सम्पन्न
कपिलवस्तु । विश्वशान्तिका अग्रदूत गौतम बुद्धको नगरी लुम्बिनी क्षेत्रलाई आधारक्षेत्र बनाएर अन्याय र असमानताको विरुद्धको खोजी अभियानलाई विश्वव्यापीकरणमा जुट्ने गरी स्थापित अमर संचार गृह प्रा.लि द्वारा संचालित पिएसएम नेपालको दोस्रो वार्षिक बैठक सोमबार कपिलवस्तुको पर्यटकीय स्थल जगदीशपुर तालमा तिलौराकोट घोषणा पत्र सहित सम्पन्न भएको छ ।
यस कम्पनीको नियम बमोजिम प्रत्येक वर्ष डिसेम्बरमा बस्ने वार्षिक बैठक यस पटक कपिलवस्तुको जगदीशपुर ताल र तिलौराकोट केन्द्र मानेर बसेको हाे । यस कम्पनीको नियम बमोजिम नै अन्तरिक गोपनीयता र सार्वजनिकीकरणको संयुक्त अवधारणा बमोजिम बैठक २३ घण्टा लगातार बसी वर्ष २०२६ को पदाधिकारी र योजना निर्धारण भएको छ ।
अमरसंचार गृहको सांगठनिक प्रतिवेदनबाट सुरु भएको बैठक आर्थिक,वैधानिक, प्रविधिक विषयमा गहन छलफल गरी सम्पन्न भएको हो ।
वर्ष २०२५ मा तोकिएको जिम्मेवारी पुरा गर्ने कर्मचारीलाई पुरस्कृत र निष्क्रिय कर्मचारीको विषयमा स्पष्टीकरणका विषयमा समेत निष्कर्ष गर्दै जिम्मेवारीमा हेरफेर हुने भएकाे छ ।
अमर संचार गृह प्रा.लि.का संचालक अमरदास पुनको अध्यक्ष र पिएसएम नेपालका सम्पादक खुमराज बस्यालको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी निर्देशक चन्द्रमणी भट्टराईको आर्थिक प्रतिवेदन, अमरदास पुनको कम्पनीको वैधानिकता सम्बन्धि प्रतिवेदन र सम्पादक खुमराज बस्यालको सांगठनिक प्रगति प्रतिवेदन सर्वसम्मतिमा पास भएको छ ।
पिएसएम नेपालको आगामी वर्षको वर्ष २०२५ को समिक्षा गर्दै कम्पनीको प्रगतिमा उत्कृष्ट योगदान गर्ने कर्मचारीको सुचिमा रहेका कर्मचारीबाट सम्पादक खुमराज बस्याललाई सर्वोत्कृष्ट कर्मचारी पुरस्कार गर्ने निर्णय भएको छ ।











