तिलोत्तमा, मणिग्रामकाे छहारि क्लबमा आगलागी
रुपन्देही । तिलाेत्तमा मणिग्राममा रहेकाे छहारी क्लबमा आगलागी भएकाे छ । अहिले आगो नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ ।
आगोलाई तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाको दमकलले नियन्त्रणमा लिएका हुन् ।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने र आगलागीबाट लाखौको क्षति भएको अनुमान गरिएकाे छ ।
अहिले क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।











