त्रिशुली नदि किनारमा मालबाहक ट्रक खस्यो ।


त्रिशुली नदि किनारमा मालबाहक ट्रक खस्यो ।
फाइल फाेटाे

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डामा एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले दिएको जानकारी अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो ।

ट्रक त्रिशूली नदीमा पुग्नबाट भने जोगिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

यसअघि, असार २८ गते सिमलताल क्षेत्रबाट दुईवटा बस त्रिशूली नदीमा खसेका थिए । बसका ६२ जना यात्रुहरुमध्ये २४ जनाको मात्र शव भेटिएको थियो ।