सल्यानमा गाडि दुर्घटना, ३ जनाकाे मृत्यु १५ घाइते
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
कुपिण्डे नगरपालिकाको वडा नम्बर ८ बाट कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप दुर्घटना भएको हो ।
मृत्यु हुनेमा कुपिण्डे नगरपालिका- ८ का ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षका ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर देवराज भट्टराईले जानकारी दिए ।
जिपमा १८ जना सवार रहेकाे र तीमध्ये १५ जना घाइते भएको जनाइएकाे छ। घाइतेहरुलाई उद्धार गरी सुर्खेतको मेहेलकुना अस्पताल पठाइएको छ ।











