राप्रपाद्वारा आयाेजित चियापान कार्यक्रममा प्रधानमन्त्री सहभागी


राप्रपाद्वारा आयाेजित चियापान कार्यक्रममा प्रधानमन्त्री सहभागी

काठमाडाैं । राष्ट्रिय एकता दिवसकाे अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की पुगेकी छन् ।

पार्टीले काठमाडौंको भृकुटीमण्डपमा चियापानसहित विभिन्न कार्यक्रमहरू आयोजना गरेको हो । चियापान कार्यक्रमअघि राप्रपाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको थियो ।

चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री कार्की केहीबेरअघि भृकुटीमण्डप पुगेकी हुन् ।

आधुनिक नेपाल एकीकरणका नेतृत्वकर्ता महाराजाधिराज पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दै हरेक वर्ष २७ पुसलाई पृथ्वीजयन्तीका रूपमा मनाइने गरिन्छ ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापालगायत थुप्रै नेता–कार्यकर्ता तथा राजावादीहरूको उपस्थिति रहेको थियो ।

अध्यक्ष लिङ्देनसहित पार्टीका नेता–कार्यकर्ताले रक्तदान कार्यक्रमसमेत गरेका छन् ।