निर्वाचन आयाेगद्धारा लेख तथा रचना उपलब्ध गराउन आह्वान ।


निर्वाचन आयाेगद्धारा लेख तथा रचना उपलब्ध गराउन आह्वान ।

काठमाडाै‌ । निर्वाचन आयाेगले एक सुचना जारी गर्दै विभिन्न विषयसँग सम्बन्धित लेख, रचनाहरु उपलब्ध गराउन आह्वान गरेकाे छ । आउदाे फागुन ७ गते मनाउन गइरहेकाे निर्वाचन दिवसकाे उपलक्ष्यमा निर्वाचन स्मारिका प्रकाशन गर्ने उद्धेश्यका साथ साे सुचना जारी गरेकाे हाे । 

लाेकतन्त्र, निर्वाचन, समावेशिता लगायत यस्तै प्रकृतिका विषयसँग सम्बन्धित शिर्षकमा अनुसन्धानमुलक, तथ्यपरक र विचारमुलक लेख, रचना यहि पाैष २० गतेभित्र smarika@election.gov.np मा इमेलमार्फत पठाउन भनिएकाे छ । 

लेख, रचनाकाे लागि विभिन्न ढाँचा तथा मापदण्ड ताेकिएकाे र साेहीबमाेजिम प्राप्त इमेललाई सम्पादक मण्डलले जाँच गर्ने र प्रकाशित गर्न लायक लेख, रचनाकाे नेपाल सरकारद्धारा स्विकृत मापदण्ड अनुसार पारिश्रमिक समेत प्रदान गरिने सुचनामा उल्लेख छ । 

सुचना हेर्नुहाेस्