डोटी जोरायल-२ मा राष्टिय स्वतन्त्र पार्टीकाे संगठन विस्तार कार्यक्रम सम्पन्न
डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ। जिल्ला सदस्य कबिराम खत्रीको संयोजकत्वमा आयोजित कार्यक्रममा पार्टीका विभिन्न तहका प्रतिनिधि तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा पार्टीका प्रवास सम्पर्क विभाग प्रमुख धर्मराज जोशी, तमिलनाडु प्रवास समिति कोषाध्यक्ष देव धामी, कैलाली निर्वाचन क्षेत्र नं. ५ संयोजक दिल्ली राज भट्ट, पालिका संयोजक निराजन बिष्ट, पालिका सचिव विनोद सिंह बोहोरा तथा डोटी-कैलाली सम्पर्क प्रतिनिधि दिनेश बोगटीको उपस्थिति रहेको थियो।
वडा संयोजक प्रेम रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममार्फत पार्टीको संगठन विस्तार गर्दै ११ सदस्यीय वडा समिति गठन गरिएको जनाइएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले पार्टी संगठनलाई वडा तहसम्म सुदृढ बनाउँदै जनअपेक्षा अनुरूप वैकल्पिक राजनीतिक अभ्यासलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
पालिका सचिव विनोद सिंह बोहोराका अनुसार संगठन विस्तार अभियानलाई आगामी दिनमा अझ तीव्र बनाइने र पार्टीलाई जनस्तरसम्म मजबुत रूपमा विस्तार गरिने लक्ष्य लिइएको बताउनुभयको छ।











