बुटवलमा कारकाे ठक्करबाट ट्राफिक प्रहरीकाे मृत्यु


बुटवलमा कारकाे ठक्करबाट ट्राफिक प्रहरीकाे मृत्यु

बुटवल । बुटवलमा कारको ठक्करबाट सडकमा सवारी साधन चेकजाँचमा खटिएका ट्राफिक प्रहरी सहायक हवलदारको मृत्यु भएको छ।

पश्चिम नवलपरासीबाट बुटवलतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-००३ च ००७७ नम्बरको कारले बुटवल रामनगरस्थित पूर्व-पश्चिम राजमार्गको धागो कारखाना नजिकै चेकजाँचमा खटिएका ट्राफिक प्रहरी सहायक हवल्दार नागेश्वर पाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

तीव्र गतिमा आएको कारले नियमित चेकजाँचमा खटिएका दुई ट्राफिक प्रहरीमध्ये पाललाई सडकमै ठक्कर दिएको हो । तत्कालै उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्कसले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले बताए ।

प्रहरीले पाललाई ठक्कर दिने कार र चालक गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं १ बस्ने ५६ वर्षीय जितेन्द्र थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको जनाएको छ।