माघे सक्रान्ति विशेष: रिडि तथा देवघाटमा भक्तजनकाे घुइचाे ।


माघे सक्रान्ति विशेष: रिडि तथा देवघाटमा भक्तजनकाे घुइचाे ।
फाइल फाेटाे
पाल्पा । नेपालको चार धाममध्येको एक रुरु क्षेत्रधाम रिडीमा बिहानैदेखि भक्तजनको घुँइचो लगेको छ । पाल्पा, स्याङ्जा र गुल्मीको संगमस्थल रुरु क्षेत्र रिडीमा कालीगण्डकी नदी स्थान गरी भगवान ऋषिकेशको दर्शन गर्नेको घुँइचो लागेको हो ।

संक्रान्ति मेलाको अवसरमा रिडी खेलमैदानमा सांस्कृतिक मेला समेत सुरु भएकाे छ । उद्योग वाणिज्य संघ गुल्मी, रिडी शाखाको आयोजनामा हुने यो मेला माघ ६ गतेसम्म चल्ने छ । मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले दैनिक रुपमा आफ्नो प्रस्तुति दिनेछन् । 
मेलामा भारत देखी हिमाली जिल्लाका व्यापारीहरु हस्तकलाका सामग्री, स्थानीय उत्पादन तथा विभिन्न सामानहरु बिक्रिका लागि आएका छन् । 

उता धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा भइरहेको माघे संक्रान्ति (मकर संक्रान्ति) मेलाको अवसरमा भक्तजनहरूको भिड लागेकाे छ । भक्तजन तथा सवारी साधन आवागमन, सहजीकरण र समग्र सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी खटिएकाे छ ।