नेपाली समाज कल्याण संघ मुम्बइद्वारा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न


नेपाली समाज कल्याण संघ मुम्बइद्वारा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

मुम्बई, भारत । नेपाली समाज कल्याण संघ मुम्बइद्वारा आयोजना गरिएको विद्यार्थी सम्मान समारोह भव्य रूपमा सम्पन्न भएको छ ।

गत असार १५ गते आइतबारका दिन मुम्बईको दादर नजिकै माटुङ्गा सांस्कृतिक सभागृह, माटुङ्गामा उक्त कार्यक्रममा प्रवासमा बसेर पनि विभिन्न समस्याहरु झेल्दै आफ्नो पढाइलाइ निरन्तरता दिएर शैक्षिक सफलता प्राप्त गरेका बालबालिकाहरुलाइ प्रोत्साहन स्वरुप कपी, पेन, पेन्सिल लगायत विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरेर उक्त कार्यक्रम मनाइएको थियो ।

संस्थाको ३०औं वार्षिकोत्सबको अवसर पारेर राखेको उक्त कार्यक्रममा आर्थिक अभावको कारणले शिक्षाबाट बन्चित हुनु नपरोस् भन्ने हेतुले संघले शैक्षिक क्षेत्रमा पनि सहयोग गर्ने संस्थाका सभापति एम के सिंहज्युले प्रतिबद्दता व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा प्रमुख अतिथि दीपा झा (वरिष्ठ गायक उदित नारायण झा कि धर्मपत्नी) र विशिष्ट अतिथि एस एन डि टि कलेज मुम्बई कि असिस्टेन्ट प्रोफेसर श्रीमती मीनाक्षी विश्वकर्माको विशेष उपस्थिति रहेको थियो ।

संघका महासचिव भरत जिजीकोटा ले संचालन  गर्नुभएको सो कार्यक्रममा उपसभापति प्रकाश आउजी र गगन नगार्जी, कोषाध्यक्ष सुरेश नगार्जी, सह(कोषाध्यक्ष जगत सिंह, प्रमुख सल्लाहकार मदन सिंह, प्रवक्ता राजेन्द्र थालारी, युवा संयोजक दीपक देवकाडी, शिक्षा संयोजक धोजमान परियार, सांस्कृतिक सचिव शरद आउजी, महिला संयोजक निशा मास्टर र महिला उपसंयोजक सुरेखा ठाकुरको सक्रिय सहभागिता  रहेको थियो ।

थै अतिथिहरू विण्टेक इन्जिनियरका निर्देशक जनक कोटाल, माक लजिस्टिक्स र कोयल म्यानेजमेन्ट कन्सल्टेन्सीका निर्देशक मनोज कोटाल, नेपाली समाज कल्याण सङ्घका सल्लाहकार भारत मास्टर, मातृभूमि जागरण अभियान महाराष्ट्रका प्रस्तावक तथा समाजसेवी डम्बर रावल, गोयलापानी समाजका सभापति महेशराज रेग्मी, शिवसेना नेता जपट एल सिंह, भूल एकता समाजका सभापति पदम भूल, नेपाली संस्कृतिका केन्द्रीय सदस्य तथा हाम्रो छहारीका केन्द्रीय सभापति कमल सिंह, नेपाली समाज भारतका सभापति शीतल मालती, सल्लाहकार महेन्द्र सिंह, हाम्रो छहारीका महासचिव राम तिरूवा, शिवसेनाका उपप्रमुख निर्प तिरूवाका साथै युवा समाजसेवी सन्तोष भट्टराई, मनकामना एकता फाउन्डेसनका सल्लाहकार समितिका चेयरमेन तथा  समाजसेवी शालिग्राम तिवारीको पनि उपस्थिति रहेको थियो ।

यसैगरी उल्हासनगर जिल्लाका सभापति ज्योति देवकाडी,  जिजीकोटा परिवारका कोषाध्यक्ष कीर्ति सिंह, हरिओम एकता समाजका सभापति शेर बहादुर विश्वकर्मा, कुल–कुलन्ती समाजका सभापति मगेन्द्र नगर्जी, तिखात्री समाजका सागर तिखात्री र समाजसेवी भजन सिंह दास तथा अन्य क्षेत्रबाट आउनुभएका अतिथि लगाएत मुम्बईको विभिन्न ठाउँबाट प्रवासी नेपालीहरुको पनि बक्लो उपस्थिति रहेको  थियो ।

साथै मिडिया तर्फ पत्रकार ललिता मलातीको नेतृत्वमा अनलाइन न्युज च्यानल सिगास टिभीको टिम तथा अनलाइन न्युज पोर्टल पिएसएम नेपाल डटकमका दक्षिण एसिया ब्युरो चिफ शिव बस्यालको पनि उपस्थिति रहेको थियो ।