बढ्याे सुनकाे भाउ: ताेलाकाे ३ लाखभन्दा माथि
काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँ बढेसँगै ३ लाख नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ४५ रुपैयाँमा पुगेको छ ।











