आर्थिक वृद्धिदर ४.६१ प्रतिशत सहितकाे आर्थिक सर्वेक्षण संसद्मा पेस

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गरेका छन् ।
उनले यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने जानकारी गराए । मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने उनले जानकारी दिए ।
अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान उनले बताए ।