नेपाली कल्याण संघ मुम्बईद्वारा सम्झनामा तीज संपन्न ।
मुम्बई, भारत। तीज सकिएपनि तीजको झल्को अझै सकिएको छैन ।प्रवासमा तीज एकै समयमा धेरै ठाउहरुमा भएको हुँदा भारतको मुम्बईमा रहेको सस्था नेपाली कल्याण संघले भने यहि आइतबार सेप्टेम्बर १५ तारिकका दिन अध्यक्ष श्री मदन सिंग थलारीज्युको अध्यक्षतामा दादर माटुंगा कल्चर सेंटर नजिकै यशवंत राव चव्हाण सभा हलमा महिलाहरुको पर्व हरितालिक तीजको सम्झनामा तीज एवं सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रमलाई सफल पार्न आ-आफ्नो ठाउँबाट पूर्ण योगदान पुर्याउनुहुने सस्थाका केन्द्रिय अध्यक्ष श्री मदन सिंग थलारी, उपाध्यक्ष एम के सिंग, उपाध्यक्ष श्री गगन नगार्जी, महा-सचिव श्री विक्रम तिखातरी, कोषाध्यक्ष श्री सुरेश नगार्जी, प्रमुख सल्लाहकार श्री राजेन्द्र थलारी, वरिष्ठ सल्लाहकार श्री हर्क दाश, सल्लाहकार श्री प्रकाश नगार्जी, श्री जगत सिंग, सांस्कृतिक सचिव श्री सरद आउजीको बिशेष भुमिका रहेको थियो । त्यस्तै महिला सदस्यहरु श्रीमती जमुना तिरुवा, श्रीमती लिला म थलारी, श्रीमती छाया एम सिंग, श्रीमती गिता ग नगार्जी, श्रीमती आशा वि. तिखातरी साथै ईन्डो नेपाल टुरिजम यातायातका संचालक/संघका सलाहकार डा. श्री धोव्जमान तिखातरी, युवा कु. राकेश म सिंग, शंकर दास, श्री चिराग नगार्जीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि श्रीमती सरस्वती मनोज कोटालको उपस्थितिसँगै अतिथिहरु श्री जनक कोटाल, श्री मनोज कोटाल, PSI श्री आकाश शाही, समाजसेवी/सल्लाहकार श्री शालिग्राम तिवारी, अखिल भारतीय नेपाली एकता मंचका प्रतिनिधि श्री इन्द्र सिंह भेटाल, समाजसेवी/सल्लाहकार श्री पहल सिह आउजी, समाजसेवी श्री जोगी नगार्जी, पिएसएम नेपाल (PSM Nepal )का भारत ब्युरो प्रमुख पत्रकार/समाजसेवी श्री शिव बस्याल, प्रवासी नेपाली सघ भारत महाराष्ट्र राज्य समितिका अध्यक्ष श्री जनक खड़का, भुल एकता समाजका उपाध्यक्ष हस्त भुल, ग्लोबल आइ एम ई बैंकका अधिकृत श्री दर्शन तिखातरी, मुटुथ फिन कॉप फाइनान्सका कर्मचारी श्री सरद गोंड, वार्ड क्रमांक ८६ का उपशाखा प्रमुख/शिव सेना उद्धव ठाकरे गुट श्री निर्प तिरुवा, पाचकोटी नगार्जी समाजका कोषाध्यक्ष श्री तिलाराम नगार्जी, रैगाई फाउंडेशनका महासचिव श्री झंकर आउजी, युवा समाजसेवी श्री सन्तोष भट्टराई, नव नायक श्री प्रकाश बिसी, नृत्य निर्देशक श्री गोपीकृष्ण खनाल, नृत्य निर्देशक श्री दिपक एम थलारी, नृत्य निर्देशक श्री अशोक बि क, प्रकाश बि क को पनि उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण संघ सस्थाबाट पाल्नुहुने आदरणीय समाजसेविहरु लगाएत सम्पुर्ण टिमलाई बिशेष धन्यवाद दिँदै यो सस्थाले प्रवासमा रहेर सामाजिक हक , हित र न्यायको लागी सदैव तत्पर रहेर प्रवासी मनहरुलाइ आवस्यक परेको बेला सहयोग गर्दै आएको र सास्कृतिक, स्वास्थ, खेलकुद र शिक्षामा पनि टेवा पुर्याउदै आएको सस्थाका केन्द्रिय अध्यक्ष श्री मदन सिंग थलारीले बताउनु भयो ।
कार्यक्रमलाई भब्यताका साथ सु-सम्पन्न पार्न लागिपर्ने सम्पुर्ण पदाधिकारी र महिला दिदिबहिनी एवं सम्पूर्ण अतिथिगण, शुभ-चिन्तक साथै माया नगरी मुंबईको विभिन्न स्थानबाट आफ्नो संस्कृति परम्परा तीजको माया र माइतीको सम्झना बोकेर भेला हुनुभएका आमाहरू र महिला दिदिबहिनीलाई संघका अध्यक्षज्युले अन्तरआत्मा देखी धन्यवाद ज्ञापन दिएको बताउनु भयो ।
सस्थालाई माया गरेर आफ्नो दैनिक ब्यस्त जिवनको जिम्मेवारीबाट पनि समय निकालेर स्टेजमा दिएको कला र नृत्यले कार्यक्रमलाइ अझै भव्य र सफल बनाउन पुर्ण योगदान पुगेको जिकिर गर्नुभयो ।
संस्थागत पदाधिकारी र कार्यकर्ताहरुको सेवाभावले संचालित कार्यक्रम को व्यावहारिकता र व्यापकता पनि निकै स्रहानीय भएको र योगदान पुर्याएको हुदा कार्यक्रम ब्यबस्थापनमा खटिनु हुने नेपाली समाज कल्याण संघका सम्पुर्ण कार्यकर्ताहरुलाई धन्यवाद दिदै नेपाली समाज कल्याण संघ को यस्तै भब्य र सभ्य कार्यक्रमले समाजमा सकारात्मक उर्जा दिएर अझै विशिष्ट काम गर्ने प्रेरणा प्राप्त भएको र आगामी समयमा पनी अति नै संबेदनशिल र अनुशासित रहेर समाजको भलो हुने कार्यमा हातेमालो गरेर यसरी नै अगाड़ी बढ्ने छौ र तिजको कार्यक्रम संचालकको रुपमा बिश्वास राखेर यो जिम्मेवारी दिनुहुने संगठनका जिम्मेदारी पदाधिकारी ज्यु हरुलाई धन्यवाद दिदै भविष्यमा पनि सबैको साथ, सहयोग र मार्गदर्शन यसरी नै पाउने अभिलाषा राखेको भन्दै ने.स.क.स का महासचिव श्री विक्रम तिखातरीले कार्यक्रम समापन गर्नु भएको थियो ।











