वायुसेवा निगमद्धारा आजदेखि तीन दिनसम्म विशेष उडान


वायुसेवा निगमद्धारा आजदेखि तीन दिनसम्म विशेष उडान

काठमाडाै‌ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाल सरकारले आजदेखि तीन दिनसम्म विशेष उडान सन्चालन गर्दैछ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज ३ अप्रिलमा काठमाडौं–दुबई, ४ अप्रिलमा दुबई–काठमाडौं, ५ अप्रिलमा काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान भर्न लागेको हो ।

ती क्षेत्रमा रहेका नेपाली, स्वदेश फर्किन तथा गन्तव्य मुलुक जान नपाएकालाई गन्तव्यमा पुर्‍याउनका लागि विशेष उडान सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ ।