जनउत्थान साकोसलाई एक्सेस सिल्भर ब्राण्ड प्राप्त

रुपन्देही । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. तिलोत्तमा, रुपन्देही ले एशियाली स्तरको एक्सेस प्रमाणीकृत कार्यक्रम अन्तर्गत एक्सेस सिल्भर ब्राण्ड-२०२५ (ACCESS Accreditation Award _Silver Brand-2025) प्राप्त गर्न सफल भएको छ । एशियाली ऋण महासंघले २०२५ अगस्ट ७ मा गरेको लेखापरीक्षणको परिणाम सार्वजनिक गर्दै नेपालबाट एक्सेस कार्यक्रम अन्तर्गत चारवटा विभिन्न आयामहरुमा उत्कृष्ट अंक ल्याउन सफल भएको हो ।
एशियाली ऋण महासंघको प्राविधिक सहजीकरणमा नेफ्स्कूनद्वारा सञ्चालित एक्सेस कार्यक्रम २०६५ सालदेखि निरन्तर रुपमा सञ्चालित छ । जनउत्थान साकोस यस वर्षको एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्ने एक मात्र साकोस घोषित भएको हो । विशेष गरि सीमान्तकृत समुदाय र युवा उद्यमीहरुलाई साना व्यवसाय सुरु गर्न र आर्थिक गतिविधिहरुमा संलग्न हुन सशक्त बनाउने नवीन वित्तीय समाधान समेत प्रवाह गर्दै आईरहेको जनउत्थान साकोस सहकारी अभियानको एक रोल मोडल हो । त्यसैगरि इन्डोनेसियाबाट सौन सिबारुङ क्रेडिट युनियनले पनि यस वर्ष को एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएको हो । यस वर्ष एशियाभरबाट पाँचवटा सहकारीले एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएका छन् ।
एशियाली ऋण महासंघले यही २०२५ सेप्टेम्बरको १२ तारिखमा फिलिपिन्सको मनिलामा आयोजना हुने एशियाली क्रेडिट युनियन फोरम २०२५ को उद्घाटन समारोहमा एक्सेस ब्राण्डको प्रमाणपत्र प्रदान गर्ने जनाएको छ ।