पाणिनी पत्रकार समाज नेपालको आधिकारिक वेबसाइट सार्वजनिक ।


पाणिनी पत्रकार समाज नेपालको आधिकारिक वेबसाइट सार्वजनिक ।

पाणिनी, अर्घाखाँची । पाणिनी पत्रकार समाज नेपालले आफ्नो आधिकारिक वेबसाइट pjsnepal.org सार्वजनिक गरेको छ । समाजका अध्यक्ष भिम विश्वकर्माको अध्यक्षता र पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वेबसाइट सार्वजनिक गरिएको हो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नर्मदा गौतम पौडेल, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, वडा नं. १ देखि ८ सम्मका वडा अध्यक्षहरू, पालिका स्तरीय शिक्षा समितिका सदस्य तुल्सी पौडेल, कर्मचारी तथा समाजका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

अध्यक्ष भिम विश्वकर्माले वेबसाइट निर्माणको उद्देश्यबारे प्रकाश पार्दै यसको विशेषताबारे जानकारी गराएका थिए । उनले समाजका गतिविधि, समाचार, सूचना तथा अर्घाखाँची जिल्लासम्बन्धी सम्पूर्ण जानकारी वेबसाइटमार्फत उपलब्ध हुने बताए । साथै, यसले जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरे ।

त्यसैगरी प्रमुख अतिथि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले राम्रो कामको सुरुवात भएको भन्दै प्रशंसा गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नवीनतम प्रविधिको प्रयोगमार्फत पत्रकार समाजको गतिविधिलाई अभिलेख गर्ने तथा जिल्लालाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यसहित वेबसाइट सार्वजनिक गरिएको आयोजकले जनाएको छ ।

- तस्वीर : डिआरजी सुमन, पाणिनी, पिएसएम नेपाल ।