सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन


सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

काठमाडौं, पुस १३।सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ।हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

काठमाडौँको नयाँबजारस्थित आफ्नै निवासमा हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो। तर लानेबित्तिक उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनी वि.सं २०६५ भदौ २ गते न्यायाधीशमा नियुक्त भएका थिए। त्यसपछि वि.सं २०७० चैत २९ गते अस्थायी न्यायाधीशबाटै अवकाश भएका हुन्।