पिएसएम नेपालको स्थापना दिवस तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
सुपादेउराली, अर्घाखाँची । नयाँवर्षको शुभकामना आदान-प्रदान तथा पिएसएम नेपालको स्थापना दिवसका कार्यक्रम सुपा देउरालीमा सम्पन्न भएको छ । अन्याय र असमानताको विरुद्ध खोजी अभियान मल सिद्धान्तलाई आधार बनाई २०६० वैशाखमा अर्घाखाँचीमा स्थापित पिएसएम नेपालले २२ औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरी ऐतिहासिक धार्मिक स्थल सुपा देउराली क्षेत्रमा मनाईएको छ ।
सो कार्यक्रममा अमर संचार गृह प्रा.लि. द्वारा संचालित अनलाईन संचार माध्यम www.psmnepal.com मार्फत महत्वपूर्ण योगदान पुर्याउने व्याक्तित्वलाई वर्षको उत्कृष्ट विधागत पुरस्कार प्रदान गरिएको छ ।
अमर संचार गृह प्रा.ली. द्वारा प्रमुख कार्यकारी निर्देशक संस्थापक डिआरजी सुमनलाई उत्कृष्ट निर्देशकको सम्मान प्रदान गरिएको छ । खुमराज बस्याललाई उत्कृष्ट सम्पादकीय पुरस्कारबाट सम्मानित गरिएको छ । वर्षको उत्कृष्ट ग्राउण्ड रिपोर्टिंग कभरेजलाई उच्च मुल्याकंन गर्दै समाचार प्रमुख लक्ष्मी कंडेललाई उत्कृष्ट समाचार प्रमुख अवार्डबाट सम्मानित गरिएको छ । मिडिया हाउसको समष्टिगत क्षेत्रलाई समन्वय गरी मानव संसाधन व्यवस्थापनको उत्कृष्ट योगदान पुर्याउनु हुने प्रमुख कार्यकारी निर्देशक चन्द्रमणि भट्टराईलाई उत्कृष्ट व्यवस्थापकीय पुरस्कारबाट सम्मानित गरिएको छ ।
अमर संचार गृह को फील्ड व्यवस्थापनमा भौतिक रुपमा जनशक्ति तथा स्रोत साधन परिचालन गर्दै उत्कृष्ट योगदान पुर्याउने अर्घाखाँची व्युरो श्यामलाल पौडेललाईं उत्कृष्ट प्राविधिक अवार्ड, देशको संघीय राजधानी तथा काठमांडू उपत्यका केन्द्रीय स्पेशल रिपोर्टरको भूमिकामा योगदान पुर्याउने रमेश भुसाल र लुम्बिनी प्रदेश राजधानी तथा घोराही उपत्यका स्पेशल रिपोर्टिंग निर्मला पुनलाई उत्कृष्ट रिपोर्टर अवार्ड प्रदान गरिएको छ ।
यसैगरी कानूनी क्षेत्रमा योगदान पुर्याउने अधिवक्ता मेघराज विस्टलाई क़ानूनी अवार्ड, मार्केटिंग म्यानेजर मनिसा पुन, ग्राउंड रिपोर्टर सुरेन्दर रसाली लगायतको योगदानलाई कदर गर्दै सम्मानित गरिएको छ ।
वैदेशिक पत्रकारिता तथा अन्तराष्ट्रीय स्तरमा ग्राउण्ड रिपोर्टिंग गरेको उच्च मुल्यांकन गरी दक्षिण एसिया व्युरो प्रमुख शिवलाल बस्याललाई अन्तराष्ट्रीय रिपोर्टर अवार्डबाट सम्मानित गरिएको छ ।
अन्तराष्ट्रीय मामिला नेतृत्व तथा व्यावस्थापनको क्षेत्रमा एक दशक लामो अनुभव र योगदान पुर्याएकोमा अमेरिका स्थित अन्तराष्ट्रीय विभाग प्रमुख विमल घलेलाई उत्कृष्ट अन्तरराष्ट्रीय निर्देशक अवार्डबाट सम्मानित गरिएको छ
एक्कईसौँ शताव्दीको अत्याधुनिक प्रविधिलाई अमर संचार गृह प्रा.ली. द्वारा संचालित पिएसएम नेपालको प्रोर्टल मार्फत विश्वव्यापीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउनु हुने ईन्जिनियर सरोज भट्टराईलाई उत्कृष्ट सुचना प्रविधि अवार्डबाट सम्मानित गरिएको छ ।
पिएसएम नेपालको स्थापना दिवसको अवसरमा अन्तराष्ट्रीय भाइस-व्युरो दीपक भुसाल र भारत व्युरो डिलराज विसीलाई अन्तराष्ट्रीय रिपोर्टर अवार्डबाट सम्मानित गरिएको छ ।
ऐतिहासिक स्थान सुपादेउराली अर्घाखाँची स्थित सुपादेउराली, नरपानी र खाँचीकोटको संगम क्षेत्र मा रहेको खाँचीखोला माथीको झोलुंगे पुलमा नया वर्ष २०८२ को शुभ कामना आदान प्रदान, पिएसएम नेपालको स्थापना दिवस र मार्केटिंग म्यानेजर मनीषा पुनको जन्मदिन एक कार्यक्रम बिच सम्पन्न गरिएको छ । नववर्ष २०८२ को शुभकामना आदान-प्रदान तथा वार्षिक उत्सव कार्यक्रमको संचालन संस्थापक डिआरजी सुमनले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता कम्पनीका प्रबन्ध निर्देशक अमर पुनले गर्नुभएको थियो । अमर संचार गृहको वार्षिक गतिविधि तथा स्वागत मन्तव्य प्रमुख कार्यकारी निर्देशक चन्द्रमणी भट्टराईले गर्नुभएको थियो ।
तस्वीर : डिआरजी सुमन, सुपादेउराली, पिएसएम नेपाल ।











