नेपाल आयल निगमको ५६ औं वार्षिकोत्सव समारोह सम्पन्न


नेपाल आयल निगमको ५६ औं वार्षिकोत्सव समारोह सम्पन्न

काठमाडाैं । नेपाल आयल निगमकाे ५६औं वार्षिकाेत्सव समाराेह शनिबार सम्पन्न भएकाे छ ।  निगमले हरेक बर्ष पौष २६ गतेलाई बिशेष महत्वका साथ विभिन्न कार्यक्रम गरि वार्षिकाेत्सव मनाउने गरेकाे हाे।

साे कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय अनिल कुमार सिन्हाज्यूबाट नवनिर्मित भवन समेत उद्घाटन गरिएकाे थियाे । 

साे कार्यक्रममा निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्टद्वारा निगमसँग आबद्ध उपभोक्ता, ब्यबसायी तथा कर्मचारीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

साथै आगामी दिनमा निगम र ब्यबसायीले उपभोक्ता लाई दिने सेवा अंझै ब्यबस्थित, पारदर्शी, प्रभावकारी र सम्मानित बन्न सकोश भन्ने कामना समेत गर्नुभएकाे थियाे ।