राष्ट्रिय भेलाका अन्तिम तयारीका लागि रास्वपाको बैठक आज बस्दै ।


राष्ट्रिय भेलाका अन्तिम तयारीका लागि रास्वपाको बैठक आज बस्दै ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ। केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ बजे पार्टीको पहिलो राष्ट्रिय भेलाको अन्तिम तयारीबारे छलफल गर्न बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाले असोज १ र २ गते राष्ट्रिय भेलाको आयोजना गरेको छ। देशभरबाट करिब १ हजार ५ सय प्रतिनिधि हुने भेलामा सहभागी हुने रास्वपाले जनाएको छ।

बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधि, राष्ट्रिय भेलाको प्रस्तावित कार्य तालिका, प्रतिनिधिको नाम, प्रस्तुत हुने प्रतिवेदनहरू प्रस्तावबारे छलफल हुने छ। यसैगरी विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन, प्रस्तावित नियमावली र कार्यविधिहरूमाथि छलफल हुने बताइएको छ।