विभिन्न जिल्लाबाट लागूऔषधसहित २२ जना पक्राउ


विभिन्न जिल्लाबाट लागूऔषधसहित २२ जना पक्राउ

काठमाडाै‌ । नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ। दाङ, कैलाली, कञ्चनपुर, रौतहट, पर्सा, झापा, मोरङ, महोत्तरी, सुनसरी र बर्दियामा गरिएको छुट्टाछुट्टै कारबाहीमा ब्राउनसुगर, खैरो हेरोइन, गाँजा तथा नियन्त्रित औषधिसहित उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार दाङ, कैलाली र कञ्चनपुरमा ब्राउनसुगर तथा खैरो हेरोइनसहित केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ भने रौतहट र पर्सामा ट्रामाडोल, नाइट्राभेट र स्पास्मोजस्ता नियन्त्रित औषधिसहित पक्राउ गरिएको छ।

यस्तै झापा, मोरङ, महोत्तरी, सुनसरी र बर्दियामा पनि लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको आशंकामा विभिन्न व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।