तिलोत्तमा नगरपालिकाको १४३औं नगर सरसफाई श्रृङ्खला कोटिहवामा सम्पन्न


तिलोत्तमा नगरपालिकाको १४३औं नगर सरसफाई श्रृङ्खला कोटिहवामा सम्पन्न

रुपन्देही । तिलोत्तमा नगरपालिकाको ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमा अभियानको १४३ औं नगर सरसफाई श्रृङ्खला सम्पन्न भएको छ । 
बिहीबार तिलोत्तमा नगरपालिका वडा नं. १५ कोटीहवा चोकमा व्यापक जनसहभागिताका साथ सो अभियान सम्पन्न भएको हो । तिलोत्तमा नगरपालिका वडा नं. १५ का कार्यवाहक वडा अध्यक्ष श्री क्षितिजा पौडेल क्षेत्री ज्युको अध्यक्षता र नगरप्रमुख श्री रामकृष्ण खाण ज्युको प्रमुख आतिथ्यमा संचालन भएको  उक्त कार्यक्रमको संचालन सोही वडाका वडासचिव श्री मान बहादुर खातीले गर्नुभएको थियो ।

 
यस सरसफाई कार्यक्रममा वडा नं १५ का वडा सदस्यहरू, वातावरण शाखाका अधिकृत श्री गोरखनाथ खनाल, आमा समुहका पदाधिकारीहरू, लिस्नो युवा क्लबका पदाधिकारीहरु, टोल विकास संस्थाका पदाधिकारीहरू,  वडा नं १५ मा रहेका नागरिक समुदाय, नगर प्रहरीहरू, कर्मचारीहरू लगायतको व्यापक  सहभागीता रहेको थियो । 


तिलोत्तमा नगरपालिकाले नियमित रुपमा हरेक महिनाको १ र १५ गते सरसफाइ अभियान गर्दै आएको छ ।