प्री मनसुनमै डुब्यो मुम्बई,  बि एम सि लाई ठुलो चुनौती 


प्री मनसुनमै डुब्यो मुम्बई,  बि एम सि लाई ठुलो चुनौती 

मुम्बइ भारत । दुई दिनदेखी निरन्तर आइरहेको अविरल बर्षाले मुम्बईको जनजीवन प्रभावित बनेको छ । मुम्बइको मस्जिद बन्दर रेल्वे स्टेसन, बान्द्रा, जे जे फ्लाइओभर, नानाचोक, अन्धेरी, दादर, नेपेन्सिरोड सबैतिर जलमग्न भएको छ ।

पानीका कारण कैयाैं स्कुलकलेजहरु बन्द भएका छन् भने रेलसेवामा समेत असर परेकाे छ । खासगरी सेन्ट्रल र हार्बर लाइनको रेल्वे लिकहरुमा पानी भरिएको कारण रेलसेवा समेत ठप्प भएकाे छ । त्यसैगरि मुम्बैको लाइफलाइन भनिने लोकल रेलमार्ग पनि प्रभावित बनेको छ भने मानिसहरु आवतजावत गर्न निकै कष्टकर अवस्था छ । कार्यालय जानआउन समेत समस्या परेर घर फर्किनु परेकाे गुनासाे कतिपयकाे छ । कतै हावाहुरी सँगै परेकाे पानीका कारण रुखहरु ढलेर बाटाे अवरुद्द भएकाे छ भने कतै बाटाे भासिएकाे समेत छ । जसले गर्दा ट्राफिक जाम पनि भएकाे छ । कैयौ मेट्रो स्टेसनहरु पनि डुबानको कारण ठप्प छन ।

त्यहाँकाे स्थानिय प्रशासन बृहन्मुंबई नगर निगम (बिएमसि) ले समस्या परेको ठाउँमा ठूलो दुर्घटना हुन नदिन आफ्ना कार्यकर्तालाई खटाएर परिचालन गरेको छ। कैयौ ठाँउहरुमा पानीको निकास खोल्ने, चेम्बरहरु सफा गर्ने, पानी ब्लक भएको ठाउहरुमा सफा गर्ने र ढलेको रुखहरु हटाउने कार्य जारी छ ।  

प्री मनसुनको असर मुम्बई लगाएत महरास्ट्रको कैयौ ठाँउहरुमा अझै केही दिन पर्नसक्ने मौसम विभागले जानकारी दिएको छ । साथै अगिल्लो २४ घन्टा मुसलधारे पानी पर्न सक्ने अनुमान गर्दै मुम्बईको ठाणे एरिया र दक्षिण मुम्बैमा सबैलाइ सतर्क र सुरक्षित रहन आग्रह गर्दै हाइ अलर्ट नोटिस जारी गरेको छ । समुन्द्रमा तुफानको उछाल आउदा मुम्बईमा अत्यधिक तेज हावा चलिरहेको मौसम विभागले जानकारी गराएकाे छ । विभिन्न सन्चार माध्यमले सुचना जारी गर्दै अहिले ५०/६० किलोमिटर प्रति घन्टाको गतिमा हावा लागेकोले बाहिर निस्कन तथा समुन्द्री तटको छेउछाउमा नजान आग्रह गरेको छ ।  

प्रारम्भिक मनसुनमै यति धेरै पानी परेकाे करिब १०७ बर्ष यताकाे याे उच्च रेकर्ड रहेकाे अनुमान गरिएकाे छ ।