कार्यालय प्रमुख, प्रवक्ता र सुचना अधिकारीकाे विवरण तत्काल अद्यावधिक गर्न सबै तहलाइ निर्देशन ।
काठमाडाै । नेपाल सरकारले सबै सरकारी निकाय तथा तहहरुका कार्यालयले संचालन गर्ने वेबसाइटमा सम्बन्धित कार्यालयकाे विवरण अद्यावधिक गर्न अनुराेध गरेकाे छ ।
साेमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले एक सुचनामा जारी गर्दै साे अनुराेध गरेकाे हाे ।
कतिपय निकायमा फाेन नलाग्ने, फाेन नउठ्ने लगायतका गुनासा आएपछि यसलाइ तत्काल समाधानका लागी सरकारले सुचना जारी गरेकाे हाे ।
तत्काल सम्बन्धित निकायकाे कार्यालय प्रमुख, सुचना अधिकारी र प्रवक्ताकाे नाम, इमेल र फाेन नम्बर वेबसाइटमा प्रविष्ट गरी नागरिकबाट प्राप्त गुनासाेकाे तत्कालै सम्बाेधन गर्ने र गराउने गरि काम गर्न आदेशात्मक अनुराेध गरिएकाे छ ।











